Friday 29th March 2024

आज अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो, अन्य देशको कति छ ?

5 years अगाडी

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। आइतबार र सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने ७२ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ २० पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८० पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७६ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४५ रुपैयाँ ४६ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ २३ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

          January 15, 2019 12:49 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...