Friday 26th April 2024

‘बार्सिलोनाले नेयमारका पितासँग कुराकानी गरेको छैन’

5 years अगाडी

काठमाडौँ, २ माघ । पिएसजीका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कन चाहेको खबरहरु लामो समयदेखि मिडियामा आइरहेका छन् ।

तर, एक मिडिया रिपोर्टका अनुसार नेयमारका पिताले बार्सिलोनाका पदाधिकारीहरु भेटेको र बार्सिलोना फर्काउन लबिङ गरेको कुरा बार्सिलोनाले अस्वीकार गरेको छ ।

केही मिडियाहरुले बार्सिलोना प्रमुख जोसेफ मारिया बार्तेमोउलाई भेटेको खबर प्रकाशित गरेका थिए । तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै यो खबर सबै हल्लामात्र भएको बताएको छ । सन् २०१७ मा नेयमार २२२ मिलियन विश्वकै महँगा खेलाडीको रुपमा बार्सिलोनाबाट पिएसजीमा अनुबन्ध भएका थिए ।

          January 16, 2019 10:29 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...