यस सिजन बारम्बार किन चुकिरहेको छ रियल मड्रिड ?
काठमाडौँ, ३ माघ । सन् १९९८-९९ को सिजनमा रियल मड्रिडले धेरै खेल गुमाएको थियो । त्यसयता रियलले जहिले पनि उत्कृष्ट खेल खेलेको इतिहास रहेको थियो । तर, यस सिजन इतिहासकै खराब खेल खेलेको फुटबल समिक्षकहरुले बताएका छन् ।
रियलमा स्टार खेलाडीहरुको कमी रहेको छैन । तर, पनि यति खराब नतिजा भोग्नु रियलको दुर्भाग्य भएको उनीहरुले बताएका छन् । यस सिजन रियलले कुल ३० खेलमा १० खेल हारिसकेको छ ।
गएराति भएको खेलमा लेगानेससँग १-० गोलले पराजित भएको रियलले नयाँ खराब खेलको इतिहास रचेको हो । गएको सिजन रियलले कुल ६२ खेलमा ३९ मा जित, १४ बराबरी र नौ खेलमा पराजय भोगेको थियो ।
यस सिजन ला लिगामा पनि रियल खासै जम्न सकेको छैन ।१९ खेलमा ३३ अंक जोडेको रियल बार्सिलोनाभन्दा १० अंकले पछि रहेको छ ।शिर्षस्थानमा रहेको बार्सिलोनाले यस सिजन मध्यम खेल खेलिरहेको समिक्षकहरु बताउँछन् ।
रियलभित्र प्रशिक्षकको समस्या एक ठाउँमा रहेको छ भने खेलाडीहरुबीच पनि सम्बन्ध नराम्रो रहेको केही मिडिया रिपोर्टमा उल्लेख छ । यो अवस्थामा रियलको समस्या थप बढ्न सक्ने समिक्षकहरु बताउँछन् ।
January 17, 2019 12:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)