Wednesday 24th April 2024

बार्सिलोना कोपा डेल रे कपको क्वार्टरफाइनलमा प्रवेश

5 years अगाडी

काठमाडौँ, ४ माघ । बार्सिलोनाले लेभान्तेलाई समग्रमा ४-२ गोलले पराजित गर्दै कोपा डेल रे कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले ३–० गोलले विजयी भएको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले एक गोल गरे भने ओस्माने डम्बेलेले २ गोल गरे । उनले खेलको ३० औं तथा ३१ औं मिनेटमा गोल गरे । डेम्बेलेको दोस्रो गोलमा लियोनल मेस्सीको एसिस्ट रहेको थियो । त्यस्तै ५४ औं मिनेटमा नेल्सन सेमेडोको पासमा लियोनल मेस्सीले गोल गरे ।

          January 18, 2019 12:14 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...