यी हुन् बिश्व क्रिकेटमा सचिन र अफ्रिदीको रेकर्ड तोड्ने रोहितकुमार पौडेल, जस्को रेकर्डले विश्वमा सनसनी !
नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेलले विश्व क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन्। एकदिवसीय क्रिकेट शृङखला अन्तर्गत यूएईसँगको दोस्रो खेलमा कम उमेरमै अर्धशतक बनाएर रोहितले आफ्नो नाममा नयाँ रेकर्ड बनाएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय प्रभावशाली खेलाडी सचिन तेन्दुल्कर र पाकिस्तानी शाहिद अफ्रिदीको रेकर्डा तोड्दै रोहितले आफ्नो नाममा रेकर्ड बनाएका हुन्। शनिबार १६ वर्ष एक सय ४६ दिनको उमेरमा उनले कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन्।
यसअघि सचिन तेन्दुलकरले १६ वर्ष दुई सय १३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेस्ट गेममा ५९ रन बनाउँदै कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका थिए।
शाहिद अफ्रिदीले १६ वर्ष दुई सय १७ दिनको उमेरमा श्रीलंकाविरुद्धको खेलमा जम्मा ३७ बलमा शतक हानेका थिए। पौडेलले एकदिवसीय शृङ्खला अन्तर्गत यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै विश्व रेकर्ड बनाएका हुन्।
रोहित नेपाली यू १९ राष्ट्रिय टोलीका अलराउण्डर हुन्। भैरहवाबाट छनोट भएका पौडेल यसअघि बालुवाटार क्रिकेट एकेडेमीबाट खेल्दै आएका थिए। यूएईमा शनिबार भएको खेलमा ब्याट समातेको केही मिनेटमै पौडेलले विश्व रेकर्ड बनाएका हुन्।
रोहित अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा डेब्यू गर्ने सबै भन्दा कम उमेरका खेलाडीमध्ये पर्छन्। उनले गत अगष्टमा नेपालले आफ्नो इतिहासमै पहिलो एक दिवसीय शृंखला खेल्दा नेदरल्यान्ड्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा ‘डेब्यू’ गर्ने अवसर पाएका थिए। एक दिवसीय खेलमा डेब्यू गर्दा उनी १५ वर्ष तीन सय ३५ दिनका थिए।
भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटमा अघि बढ्न सकेको नेपाली क्रिकेटले एकपछि अर्को कीर्तिमान आफ्नो नाममा बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेट समुदायको ध्यान आफूतर्फ केन्द्रित गर्न सफल देखिएको छ। नेपाली क्रिकेटले यस अघि नै पनि केही अनौठो कीर्तिमान आफ्नो नाममा बनाएको थियो।
नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय खेलमा सबै भन्दा कम बलमा जित हात पारेको कीर्तिमान आफूसँगै राखेको छ। नेपालले सन् २००६ मा एसियाली क्रिकेट काउन्सिल (एसीसी) कपअन्तर्गत भएको खेलमा म्यानमारले दिएको ११ रनको लक्ष्य दुई बलमै पार गरेको थियो।
नेपाली बलर मेहबुब आलमले अर्काे अनौठो कीर्तिमान कायम गरे। उनले सन् २००८ मा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन पाँचअन्तर्गत मोजाम्बिकविरुद्धको खेलमा सबै १० विकेट लिएका थिए। सो प्रदर्शनसँगै उनी अन्तर्राष्ट्रिय आधिकारीक प्रतियोगितामा यस्तो किर्तिमान कायम गर्ने पहिलो र एक मात्र खेलाडीका रुपमा रहदै आइरहेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
January 27, 2019 1:42 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)