विदेशी मुद्राको भाउमा थोरै उतारचढाब
काठमाण्डौ । बुधबार डलरसहित बिभिन्न विदेशी मुद्राको भाउमा उतारचढाब देखिएको छ । डलर, दिनार र दिर्हामको भाउ थोरैले बढ्दा मलेसियन रिंगिटको भाउ भने थोरैले घटेको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा छ । मंगलबार डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा थियो ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । मंगलबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो ।
कतारी रियालको भने भाउ घटबढ भएको छैन । मंगलबारजस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ ।
यूएई दिर्हामको भने भाउ थोरैले बढेको छ । बुधबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ । मंगलबार यूएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा थियो ।
मलेसियन रिंगिटको भाउ भने थोरैले घटेको छ । बुधबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकिएको छ मंगलबार खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा थियो ।
आज बुधबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २० पैसा तोकिएको छ । मंगलबार खरिददर ३७४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७६ रुपैयाँ २८ पैसा थियो ।
बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकिएको छ । मंगलबार खरिददर ३ सय ९८ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा थियो ।
बुधबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा तोकिएको छ । मंगलबार खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ २० पैसा थियो ।
January 30, 2019 11:24 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता