वेष्टह्यामसँग पनि बराबरीमा राेकियाे लिभरपुल, उपाधि यात्रामा ठूलो धक्का
7 years अगाडी
Susma Dhakal
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरीको नतिजा ल्याएको छ । अघिल्लो साता लेस्टर सिटीसँग १–१ को बराबरीमा रोकिएको लिभरपुल वेष्टह्यामसँग पनि १–१ कै बराबरीमा रोकियो ।
प्रिमियर लिगको उपाधि अभियानमा रहेको लिभरपुललाई यो बराबरीले ठूलो घाटा लागेको छ । २५ खेल सकिँदा लिभरपुलले जम्मा तीन अंकको अग्रता कायम गर्न सकेको छ । लिभरपुलको ६२ अंक छ भने म्यानचेस्टर सिटीको ५९ अंक छ ।सोमबार राति वेष्टह्यामको मैदानमा भएको खेलमा साडियो मानेले २२औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसको ६ मिनेटपछि नै माइकल एन्टोनियोले गोल फर्काएपछि खेल बराबरीमा पुग्यो । बाँकी समयमा थप गोल हुन नसक्दा लिभरपुल बराबरीमा रोकियो । लिभरपुल शीर्ष स्थानमा कायम रहँदा वेष्टह्याम भने ३२ अंक सहित १२ औं स्थानमा छ ।
February 5, 2019 10:52 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...