आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालले कास्य पदक
काठमाडौं, २३ माघ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् । च्याम्पियनशिपमा मोरक्कोका खेलाडी बिलाल एक खात्ताबियालाई अङ्कको आधारमा हराएर श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए ।
सेमिफाइनलमा उनी रुसका आन्द्रि ग्राभोभास्कीसँग पराजित भएको प्रशिक्षक कविराज नेगी लामाले बताउनुभयो । सो स्पर्धामा रुसका आन्द्रिले स्वर्ण तथा क्रोएशियाका डामागोज बुझसिचले रजत जिते । श्रेष्ठसँगै इटालीका रिकार्डो जिमेरम्यानले कास्य पदक जिते ।
विश्व च्याम्पियनशिपमा नेपालले पहिलो पटक पुम्सेमा सहभागिता जनाएको हो । पहिलो सहभागितामै पदक जित्न सफल भएको प्रशिक्षक लामाले जानकारी दिनुभयो । प्रतियोगितामा ६९ मुलुकका ४२५ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।
February 6, 2019 11:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)