Thursday 28th May 2026

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज बुधबार सुनको मुल्य ओरालो लागेको छ। आज बुधबार छापावाल सुन प्रतितोला ६१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुनको मुल्य प्रतितोला ६२ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७७५ रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          February 13, 2019 2:49 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...