क्रिस गेलद्वारा १६२ रनको पारी, ईङ्गल्यान्ड विरुद्ध ३८९ रन बनाएर पनि पराजित भयो वेस्टईन्डिज !
वेस्टईन्डिज र ईङ्गल्याण्ड बिच बुधबार सम्पन्न खेलमा वेस्टईन्डिजका विस्पोटक ब्याट्सम्यान क्रिस गेलले १६२ रनको उत्कृष्ट पारी खेलेका छन । गेलले ९७ बलमा १४ छक्का र ११ चौका सहित १६२ रनको पारी खेलेपनि टिमलाई हारबाट जोगाउन भने सकेनन ।
ईङ्गल्याण्डले जितको लागि दिएको ४१९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्टईन्डिजले ४८ ओभरमा सबै विकेट गुमाउँदै ३८९ रन बनाएको थियो । वेस्टईन्डिजको लागि युनिभर्स बोसको रुपमा परिचीत गेलले सर्वाधिक १६२, ड्यान ब्र्याभुले ६१, कार्लोस ब्र्याथोईटले ५०, अस्ले नर्सले ४३ र कप्तान ज्यासन होल्डरले २९ रनको योगदान दिएका थिए ।
जित नजिक पुगेको वेस्टईन्डिजलाई ३८९ रनमा समेट्ने क्रममा ईङ्गल्याण्डका आदिल रशिदले ४७ औ ओभरमा ४ विकेट लिएका थिए । उनले पाँच बलको अन्तरालमा ४ विकेट लिएपछि वेस्टईन्डिजको पारी रोकिएको हो । बलिङतर्फ ईङ्गल्याण्डका आदिल रशिदले सर्वाधिक ५, मार्क वुडले ४ र मार्कस स्टोनिसले १ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको ईङ्गल्याण्डले जोस बुट्लरको सर्वाधिक १५०, कप्तान ईयन मोर्गनको १०३, एलेक्स हेलको ८२ र जोनि बेईरिस्टोको ५६ रनको मद्दतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४१८ रनको उच्च योगफल तयार पारेको थियो । करियरकै सर्वाधिक उच्च ब्याक्तिगत स्कोर बनाएका जोस बुट्लरले ७७ बलमा १२ छ्क्का र १३ चौका प्रहार गरेका थिए ।
वेस्टईन्डिज र ईङ्गल्याण्ड बिच जारी ५ खेलको सिरिज अन्तर्गत चौथो खेलमा २९ रनको जित निकालेको ईङ्गल्याण्डले सिरिजमा २-१ को अग्रता कायम गरेको छ । दुबै देशबिच अगामि शनिबार अन्तिम एकदिवसीय खेल हुनेछ ।
February 28, 2019 3:32 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)