प्रदीप र जसिताकाे चलचित्र ‘लभ स्टेशन’ को ट्रेलर सार्वजनिक
अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा प्रदिप खड्कासँगै गुडिया उपनाम पाउने गरेकी अभिनेत्री जसिता गुरुङको अभिनय रहेको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङको प्रेम र आइपर्ने उतार चढावलाई प्रस्तुत गरिएको छ ।
चलचित्र‘लभ स्टेशन’माअभिनेता प्रदिप खड्काको पनि लगानी रहेको बताइएको छ । चलचित्र रोज असफल भएपछि निरास बनेका प्रदिपलाई चलचित्र‘लभ स्टेशन’सफल भए निकै राहत मिल्ने छ । चलचित्र ‘लभ स्टेशन’ चैत २२ गतेबाट अल नेपालप्रदर्शनमाआउने तयारीमा छ ।
यस अघि चलचित्र लिलिबिलीमा पनि प्रदिप र जसिता नै प्रस्तुत भएका थिए । त्यस चलचित्रमा यो जोडीलाई दर्शकले सकारात्मक रुपमा लिएका थिए । चलचित्र लिलिबिली यतिबेला यूट्यूबमा रिलिज भइसकेको छ । यूट्यूबमा पनि यो जोडीले अभिनय गरेको चलचित्रलाई दर्शकले मन पराएका छन् ।
प्रदिप र जसिताको चलचित्र ‘लभ स्टेशन’ दोस्रो सहकार्य हो । दार्जीलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इलाम र काठमाण्डौमा चलचित्रको छायांकन गरिएको छ । उज्जवल घिमिरेको निर्देशन रहेको चलचित्रको निर्माण गोविन्द शाहीले गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन, शम्भुजीत बाँस्कोटा, दीपकशर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
March 6, 2019 1:12 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता