अन्तिम १६ बाटै बाहिरियाे रियल मड्रिड
सर्वाधिक सफल क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगकाे यात्रा टुंगिएकाे छ । मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा चार–एकको हार ब्यहोर्दै १३ पटकको च्याम्पियन रियल समग्रमा पाँच–तीन गोलअन्तरले पराजित भयो ।
पहिलो लेगमा घरेलु मैदानमा दुई एकले हारेको आयाक्सले रियलको मैदानमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । च्याम्पियन्स लिगमा २२ वर्षपछि नकआउट चरणमा पुगेको आयाक्सले १० खेलाडीमा झरेको रियललाई चार–एक गोलले हरायो ।
पछिल्लो १३ वर्षमा आयाक्स च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो पटक रियलसँग खेलेको थियो । जसमा उसले रियललाई उसकै मैदानमा स्तब्ध बनायो । खेलको सातौँ मिनेटमा नै जेइचले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि १८ औं मिनेटमा डेवीड निकीसले आयाक्सको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलको अग्रता बनाएको रियलविरुद्ध आयाक्सले ६२औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक उसका लागि डुसान टाडीकले गोल गरे । ७० औं मिनेटमा मार्को एसेन्सीयो गोल गर्दै रियलको आशा जनाएका थिए ।
तर त्यसको दुई मिेनटपछि नै आयाक्सका सोनीले गोल गर्दै खेलमा चार एकको जित दिलाए । जसका कारण पहिलो लेगको अग्रतालाई रियलले जोगाउन सकेन र घरेलु मैदानमा लगातार चार खेलमा पराजित भयो ।
रियल घरेलु मैदानमा यसरी हारेको सन् २००४ पछि पहिलो पटक हो भने सन् २०१० पछि नकआउट चरणमा पुग्न असफल भएको हो । यता आयाक्स २००६ पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
March 6, 2019 1:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)