प्रियंकासँगको विवाह रोक्न चाहन्थे निक
मुम्बई। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रियंका चोपडाका पति निक जोनासले आफ्नो फोटो शेयर गर्दै भावुक स्टाटस लेखेका छन्। निकले लेखेका छन्, ‘विश्वभरका सबैभन्दा अद्भूत महिलाकालागि महिला दिवसको शुभकामना। उनी (प्रियंका) इनक्रेडिबल महिला विश्वभरका धेरै महिलाकालागि उज्यालो र प्रेरणाको एक किरण हुन्। आइ लभ यू प्रियंका।’
प्रियंकाले पनि निकको स्टाटसको जवाफ दिँदै लेखेकी छन्, ‘तिमी सबैभन्दा असल पति हौ। धन्यवाद।’ सामाजिक संजाल प्रयोगकर्ताले भने किनको मजा उडाएका छन्। एक समाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, ‘हो अब आमालाई त बिर्सियौ नी अब!’ अर्का एक जनाले लेखेका छन्, ‘ह्याप्पी मदर्स डे…तिमी र तिम्रो मम प्रियंकलाई।’
अर्का एक जनाले लेखेका छन्, ‘तिम्री आमाको के हुन्छ, जसका कारण तिमी छौ? उनले तिमीलाई जन्म दिइन् तर तिमी महिला दिवसको अवसरमा पत्नीका विषयमा मात्र लेख्यौ।’
प्रियंका चोपडा र निक जोनासको विवाह जोधपुरको उमैद भवन प्यालेसमा १ र २ डिसेम्बर २०१८ मा भएको थियो। दुई वटा परम्परा अनुसार भएको विवाहका क्रममा यस्तो पनि अवस्था आएको थियो जब यो विवाह रोकिने अवस्था पनि आएको थियो। निक स्वयंले हलिउड च्याट शो द लेट लेट शो विद जेम्स कार्डन का क्रममा खुलासा गरेका हुन्। निकका अनुसार विवाहमा भएका धेरै प्रक्रियाले उनी हैरान भएका थिए। र उनको मनमा विवाद रोक्ने विचार पनि आएको थियो।
March 10, 2019 11:34 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता