अझैपनि दुई बच्चाकी आमासँग विवाह गर्न चाहन्छन ऋतिक रोशन ! को हुन् ति महिला ?
सुजैन खानसँग सम्बन्ध बिच्छेद भएको ऋतिक रोशनको लगभग ३ वर्ष भईसकेको छ। दुवैको यस फैसलाले सबैलाई आश्चर्यचकित बनाएको थियो र फ्यानहरु अत्यन्तै दुखित भएका थिए। ऋतिकले यस विवाह बचाउन भरपूर कोसिस गरेका थिए तर त्यो बेकार साबित भयो।
सुजैन र ऋतिक अहिले साथी बनेका छन्। दुवै बच्चाका खातिर एक साथ छन्। बच्चाहरुलाई छुट्टीमा लैजान या कुनै गेट-टुगेदर भएमा दुवै जना एक साथ हुन्छन। उनीहरुका दुई छोरा छन्। छोडपत्रको बाबजूद पनि दुवै बच्चाको लागि तमाम तीक्ततालाई भुलेर एक साथ हुनु सबैको लागि एक राम्रो कुरा हो। भारतीय सञ्चार माध्यमहरुका अनुसार ऋतिक फेरि एकपटक दुलहा बन्न चाहेको बताएका छन् र दुई बच्चाकी आमासँग उनी विवाह गर्न चाहन्छन।
ऋतिक सुजैन फेरि पनि उनको जीवनमा आऊँन भन्ने चाहन्छन। ऋतिकले चाहेर पनि सुजैनलाई भूल्न सकेका छैनन्। उनी फेरि पनि सुजैनसँग वैवाहिक बन्धनमा बाँधिन चाहन्छन। यो कुरा केही समय अघि बाहिर आएको थियो। तर ऋतिक र सुजैनले यसको खण्डन गरेका थिए। निकट श्रोतहरुका अनुसार दुवैले खण्डन गरे तापनि ऋतिकको दिलमा अहिले पनि सुजैन बसेको छ र फेरि सुजैनसँग घर बसाउन चाहन्छन्।
हालै मात्र अर्जुन रामपाल र मेहर जेसिका अलग्गिएका छन्। उनीहरुले खास कारण नबताए पनि यसको कारण सुजैन भएको हल्ला छ। अर्जुन र सुजैनको निकटता नै पति-पत्नीमा दूरी पैदा गर्ने कारण बनेको छ। सुजैनसँग सम्बन्धित मानिसहरुले यस कुरालाई गलत बताएका छन्।
March 12, 2019 11:04 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता