प्रितमले भारतीय प्रतिष्पर्धीलाई धुलो चटाए , दिए धमाकेदार प्रस्तुती
पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता निकै भईरहेको छ । उनीहरुले ती शोहरुमा नाम संगै कतिपयले सफलता पाएर पनि आफनो करियरनै बनाईरहेका छन् ।
यसैबीच भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले धमाका गरिरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा आज इटहरीका बालक प्रितम आचार्यले आज धमोकदार प्रस्तुती दिएका छन् । होली स्पेशल बनाईएको आजको कार्यक्रममा उनले सोलो नभई डुएट प्रस्तुती दिए ।
उनले शोका अर्का बलियो प्रतिष्पर्धी मोहम्मद फैजले संयुक्त प्रस्तुती दिए ।”बद्रीकी दुल्हनिया” फिल्मको शिर्ष गीत गाएका प्रितमले मोहम्मद फैजलाई ओझेलमै पारेका छन् भन्दा फरक पर्देन ।
मोहम्मद पनि राम्रा गायक हुन तर आजको संयुक्त प्रस्तुतीमा उनलाई प्रितमले खाईदिएका छन् । जज तथा जुरीले उनीहरुलाई स्ट्याण्टिङ ओभिएसन दिए भने जुरी मेम्बरबाट सय प्रतिशत नम्बर ल्याई चार्ट बस्टर पफर्मेन्स दिएका छन् ।पछिल्लो समय प्रितमले शोमा आफना प्रस्तुतीमा निकै सुधार गरिरहेका छन् ।
जसको कारण पनि उनले चार्ट बस्टर पफर्मेन्स दिईरहेका छन् । यसरी भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् । ढाका टोपीमा देखिने गरेका प्रितमलाई देखेर गर्व नगर्ने सायदै कोही नेपाली नहोलान् ।
March 17, 2019 1:18 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता