

होली (फागु)

आयाे फाल्गुन पूर्णिमा विविधता हाम्रो छ संस्कारकाे ।
नेपाली जनकाे छ शुद्ध दिल याे सम्मान सत्कारकाे ।
हाेली शब्द र फागु शब्द जनमा उत्साहका वन्दना ।
याैटै हुन् रङकाे महाेत्सव यहाँ अात्मीय सद्भावना ।
***१***
मैत्रीभावसँगै अनेक रङका हाेली सबै खेल्दछन् ।
नाच्दै रङ्ग दलेर अापस यहाँ श्रद्धा सधैं राख्दछन् ।
हाम्रो देश विशेष चाड सबमा पूजा र अास्थासँगै ।
माया प्रेम विचार उच्च रहने विश्वास बढ्छन् झनै ।
***२***
हाेलीका र छ पूतना कुटिलका उल्लेख के गर्नु त्याे ।
भन्छन् पूर्वज राक्षसी असुर रे चिन्ता थियाे धेरकाे ।
राजा दुष्ट हिरण्यकश्यप जहाँ जाे दैत्य क्राेधी थिए ।
छाेरा ईश्वरभक्त पूर्ण भवमा जाे दिव्य ज्ञानी थिए ।
***३***
फुल्दा फूल वसन्त अागमनकाे हाेलीसँगै फुल्दछ ।
चिन्ता मुक्त भएर अाज हँसिलाे मान्छे यहाँ घुल्दछ ।
हर्षोल्लास बढ्याे उमङ्ग जनमा रङ्गीन भाे जीवन ।
हाेलीकाे रसरङ्ग उत्सवसँगै अानन्द हुन्छन् मन ।
***४***
भुल्दै संस्कृति आज देशभरमा देखावटी चल्दछन् ।
हाेलीकाे बदनाम गर्न जसरी बेढंगले खेल्दछन् ।
इन्द्रेणी रङ भर्छ हर्ष मनमा गर्दै गरे साधना ।
हाेली सत्य समाज हाे विजयकाे सत्मार्गकाे कामना ।
***५***
कविता : हाेली (फागु)
छन्द : शार्दुलविक्रीडित
रचनाकार : नमराज लामिछाने
ठेगना: नुवाकोट /काठमाडौ
हाल: रियाद साउदी अरब

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

