आईपीएल खेल्न सन्दीप दिल्लीमा, दिल्ली क्यापिटल्सको खेल कहिले–कहिले ?
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले मंगलबार इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औँ संस्करणअन्तर्गत लिग चरणको पूरा खेलतालिका सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक खेलतालिकाअनुसार आईपीएलको पहिलो खेल मार्च २३ मा चेन्नईकाे एमए चिदम्बरम स्टेडियममा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुनेछ ।
त्यस्तै समूह चरणको अन्तिम खेल भने मे ५ मा मुम्बईमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ । आउँदो लोकसभा चुनावलाई मध्यनजर गर्दै यस पटक आईपीएलको समयमा परिवर्तन गरिएको छ । खेल भारतीय समयअनुसार बेलुका चार बजे र आठ बजेबाट सुरु हुनेछ ।
प्लेअफको खेलतालिका भने पछि सार्वजनिक गरिने छ । यस पटक आईपीएलको फाइनल चेन्नईमा हुने बीसीसीआईले जनाएको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्सले यस पटक पहिलो खेल आउँदो आइतबार अर्थात मार्च २४ तारिखका दिन साँझ ८ बजे
मुम्बईमा मुम्बई इन्डियन्ससँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा दिल्लीले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाली क्रिकेटर सन्दीप लामिछाने आईपीएल खेल्न बुधबार दिल्ली गैसकेका छन् ।
दिल्ली क्यापिटल्सको खेलतालिका हेर्नुहोस् 
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)