पीएचडी लक्ष्य राख्दै संसदमा बिदा लिएर एसईई परीक्षाको तयारीमा सांसद शान्ता चौधरी
काठमाडौ । प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुग्नुभयो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट संसद्को सचेतकको भूमिकामा हुनुहुन्छ । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उहाँ बिदा माग्दै सचिवालय पुग्नुभएको थियो ।
दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिइ सांसद चौधरी एसईई परीक्षामा एकाग्र हुनुभएको छ । उहाँ अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहनुभएको छ । कारण हो, एसईई परीक्षाको तयारी ।
पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदै छ । यो वर्ष उहाँ एसईईको परीक्षामा सामेल हुँदै हुनुहुन्छ । त्यसका लागि उहाँले संसद्बाट बिदाको बन्दोबस्तो मिलाउनुभएको छ । परीक्षाको तयारीमा व्यस्त रहेकाले उहाँ फोन उठाउनसमेत भ्याउँनुहुन्न ।
विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने कोसिस गर्नुभएको छ । ‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’ सांसद चौधरीले भन्नुभयो ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’ सांसद चौधरीको सपना पीएचडी गर्ने रहेको छ । उहाँले यो कुरा बेलाबेला साथीभाइलाई पनि सुनाउँदै आउनुभएको छ ।
March 21, 2019 12:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता