युरोकप छनोट : बेल्जियम, क्रोएसिया र नेदरल्याण्ड्सको विजयी सुरुवात
सन् २०२० मा हुने युरोकप फुटबलका लागि छनोट चरणका खेलहरु सुरु भएका छन् । समूह सी बाट नेदरल्याण्ड्स र समूह आईबाट बेल्जियमले सुखद सुरुवात गरेका छन् ।बिहीबार राति भएका खेलमा बेल्जियमले रुसलाई ३–१ गोलले हराउँदा नेदरल्याण्ड्सले बेलारुसको चुनौति ४–० ले समाप्त पार्यो । बेल्जियमको जितमा इडेन हाजार्डले २ गोल गरे । खेल सुरु भएको १४औं मिनेटमै योरी टेलिम्यान्सले बेल्जियमलाई अग्रता दिलाएका थिए । उनको यो पहिलो अन्तर्राष्टिय गोल हो ।
तर, त्यसको दुई मिनेटपछि नै बेल्जियम तथा रियल मड्रिडका गोलरक्षक थियावट कोर्टवाको गल्तीमा ड्यानियर चेरिसेभले रुसका लागि बराबरी गोल फर्काए ।पहिलो हाफको अन्त्यतिर हाजार्डले गोल गरेपछि बेल्जियमले पुनः अग्रता बनायो । उनले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । हाजार्डको यो २८ औं अन्तर्राष्ट्रिय गोल हो । खेलको अन्त्यतिर गोल गरी हाजार्डले अन्तर्राष्ट्रिय गोलसंख्या २९ बनाए । उनले ८८औं मिनेटमा बात्सुयीको पास सदुपयोग गरेका थिए ।
त्यसको एक मिनेटपछि नै रुसका अलेक्जान्दर गोलोभिन दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि रुसले १० खेलाडीमा खेल टुंग्याएको थियो ।नेदरल्याण्ड्सले बेलारुसलाई ४–० गोलले हराउँदा मेम्फिस डिपेले सानदार प्रदर्शन गरे । उनले २ गोल गरे भने २ गोलका लागि बल उपलब्ध गराए । उनले खेलको पहिलो मिनेट गोल गरी सुरुआती अग्रता दिलाएका थिए भने ५५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।२१ औं मिनेटमा जर्जिनो विन्जलदमले गोल गर्दा पनि डिपेले नै पास उपलब्ध गराएका थिए । ८६औं मिनेटमा भिर्गिल भान डाइकले गोल गर्दा पनि उनैले पास दिएका थिए ।
बिहीबार राति भएका अन्य खेलमा समूह ई बाट विश्वकप उपविजेता क्रोएसियाले अजरबैजानलाई २–१ गोलले हराउँदा बोर्नो बेरिसिच र आन्द्रेज कार्मारिचले गोल गरे । यही समूहमा स्लोभाकियाले हंगेरीलाई २–० गोलले पराजित गर्याे । समूह जीबाट मासेडोनियाले लात्भियालाई २–१ गोलले हराउँदा इजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले । अष्ट्रिया भने पोल्याण्डसँग १–० गोलले पराजित भयो ।
March 22, 2019 1:17 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)