सुशान्त सिंह राजपूतले सामाजिक सञ्जालमा सारा अली खानलाई किन गरे अनफलो?
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले अभिनेत्री सारा अली खानलाई आफ्नो इन्स्टाग्राम अकाउन्टबाट अनफलो गरेका छन् ।
साथै सारा अली खानसँगका सबै तस्बिरहरु डिलिट गरिदिएका छन् । अभिनेत्री सारा अली खानले उनको करियरको सुरुवात फिल्म ‘केदारनाथ’ बाट गरेकी थिइन् ।

यस फिल्ममा अभिनेता सुशान्त सिंह राजपूत सारा अली खानको जोडी थिए । फिल्म ‘केदारनाथ’ मा दर्शकले सारा अली खान र सुशान्तको जोडीलाई मन पराएका कारण फिल्म बक्स अफिसमा हिट सावित भएको थियो ।
यससँगै अभिनेत्री सारा र सुशान्तले एक अर्कालाई डेट गरिरहेका खबरहरु पनि सार्वजनिक भएका थिए । त्यसपछि सारा अली खानकी सौतेली आमा तथा अभिनेत्री करिना कपूर खानले एक कार्यक्रममा अन्तरवार्ताको क्रममा सारा अली खानलाई सल्लाह दिँदै आफ्नो करियरको पहिलो हिरोसँग अफेयर नगर्दा राम्रो हुने सुझाव दिइन् ।करीना कपूर खानले सिधै नभने पनि उनले सुशान्ततर्फ नै इशारा गर्दै यस्तो सल्लाह दिएकी थिइन् ।

त्यसपछि पनि सारा सुशान्तको केही समय अघि रिलिज भएको फिल्म ‘सोन चिडिया’ को स्पेसल स्क्रिनिङमा गएकी थिइन् । तर अहिले सुशान्तले तिनै सारा अली खानलाई सामाजिक सञ्जालमा अनफलो गरिदिएका छन् ।
अहिले सारा अभिनेता कार्तिक आर्यनसँग फिल्म ‘लब आज कल २’ को छायांकन गरिरहेकी छिन् । चर्चित टेलिभिजन शो कफी विद करणमा साराले अभिनेता कार्तिक आर्यनलाई डेट गर्न चाहेको कुरा बताएकी थिइन् ।

अहिले उनी तिनै कार्तिक आर्यनका साथ फिल्म छायाँकंन गरिरहेकी छिन भने उनले हालै कार्तिकसँगको तस्विर उनको इन्स्टाग्राममा सेयर पनि गरेकी छिन् ।

अहिले सुशान्तले सारालाई अनफलो गर्नुको पछाडि सारा र कार्तिकबीचको बढ्दो मित्रता नै मुख्य कारण हुनसक्ने अनुमान मिडिया तथा फ्यानहरुले गरिरहेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता