नेकपा सरकारमा थुप्रै छोटे राजाहरु हाबी भए : नेता पौडेल
सिन्धुली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी नागरिकको हक हितका लागि भोलिदेखि आफूले मधेस सम्वाद कार्यक्रम सुरु गर्ने बताउनु भएको छ ।
‘मधेसी जनताको हक हित के गर्दा हुन्छ, समस्या के हो ? म भोलिदेखि सम्वाद सुरु गर्छु’, नेपाल प्रेस युनियन सिन्धुली शाखाले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘दुई तिहाई नेतृत्वको नेकपाको सरकार नेपाली राजनीति इतिहासकै असफल सावित भएको छ ।’
नेता पौडेलले वर्तमान सरकारका कारण लोकतन्त्र नै खतरामा परेको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा डेमाक्रेसी सिध्याउन नेकपा सरकार, पैसा थुपार्ने, पैसाकै भरमा चुनाव गर्ने र पैसाकै भरमा पार्टी किन्ने प्रवृत्तिले लोकतन्त्र नै सिध्याउन लागिपरेको छ ।’
उहाँले एउटा राजा हटाए पनि नेकपा सरकारमा थुप्रै छोटेराजाहरु हाबी भएको भन्दै उनीहरुसँग लड्न निक्कै कठिन भएको बताउनुभयो । उहाँले नेकपाको वर्तमान सरकारसँग ‘ओरल्ली’, ‘मोरल्ली’ र ‘पोलिटिकल्ली’ लडाइँ लड्नु पर्ने तर्कसमेत गर्नुभयो ।
नेता पौडेलले ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भले देशलाई सर्वसत्तावादतर्फ लैजान लागेको भन्दै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसले कठघरामा उभ्याएरै छाड्ने चेतावनी दिनुभयो ।
March 23, 2019 11:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता