नेपाली कुकुर जसले ७ हजार मिटर अग्लो हिमाल बिनासुरक्षा सामग्री सफलतापूर्वक चढ्यो
एउटा सामान्य नेपाली कुकुरले आफ्नै बलबुतामा सात हजार मिटर उचाइको वरुणत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ । ‘मेरा’ नाम गरेको यो नेपाली कुकुर सफलतापूर्वक चुचुरोमा पुग्न सफल भएको हो ।
बरुणत्से हिमालको सफलतापूर्वक आरोहण गरेपछि अहिले ‘मेरा’को नाम फेरेर ‘बरु’ राखिएको छ । बरुले हिमाल ओरोहीका साथमा रहेर नयाँ विश्वरेकर्ड राख्न सफल भएको हो ।
वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको यो कुकुर बिनासुरक्षा सामग्री चुचुरोसम्म पुगेको आरोहीहरूले बताएका छन् ।
वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटकमध्ये डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेपछि यो खबर सार्वजनिक भएको हो । बरुबारे अन्तर्राष्ट्रिय मिडियाले विशेष स्थान दिँदै समाचार बनाएका छन् ।
अमेरिकाको सियाटलका डनका अनुसार मेरालाई बाटोमा आवश्यक ठाउँमा जीप लाइन लगाउनुबाहेक अरू कुनै सहयोग गर्नुपरेन । ऊ आफ्नै बलबुतामा चुचुरोसम्म पुगेको डनले लेखेका छन् । मेरापिक आसपास भेटिएकाले आरोहीहरूले नै ‘मेरा’ नाम राखिदिएका थिए ।
डनले विभिन्न सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार पोथी कुकुर मेरा तिब्बत र नेपालकै हिमाली भेगमा भेडाको सुरक्षा गर्ने हिमाली जातको हो । बिना सहायता हिमाल चढ्ने मिरा संम्भवत पहिलो कुकुर भएको दाबी गरिएको छ ।
March 23, 2019 11:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता