पशुपतिनाथमा महायज्ञको तयारीसँगै देवघाट कार्यक्रमको प्रचार-प्रसार तिव्र
काठमाडौँ । काठमाडौँको पशुपतिमा शुरु हुनलागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानसँगै भेटघाट कार्यक्रम तीव्र पारिएको छ। विभिन्न उपसमिति बनाएर प्रचारप्रसारका कार्यक्रम तीव्र पारिएको हो।
चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलन गर्ने उद्देश्यले आगामी वैशाखमा हुनलागेको महायज्ञका विषयमा शनिबार वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीलगायत सरकारी अधिकारीसँग छलफल गरिएको छ।
सो क्रममा सचिव ओलीले देवघाटको धार्मिक पर्यटन विकासका लागि शिवमूर्तिले महत्वपूर्ण भूमिका खेल्ने भन्दै महायज्ञ सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
छलफलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदी, वन अनुसन्धान प्रशिक्षण विभागका महानिर्देशक दीपक खनाल, वन विज्ञान अध्ययन संस्थानका डिन कृष्णराज तिवारी, महालेखा परीक्षकको कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो।
आगामी वैशाख १ देखि ११ गतेसम्म हुनलागेको ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ को प्रचारप्रसारअन्तर्गत शनिबार नै काठमाडौँको नागार्जुनस्थित रानीवनमा नाग भूषण मन्दिर संरक्षण एवं सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडाको संयोजकत्वमा स्थानीय क्षेत्रमा प्रचारप्रसार तथा आर्थिक सहयोग सङ्कलन उपसमिति गठन भएको छ।
झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्रामगृह, पार्क निर्माण गर्ने योजना छ।
March 24, 2019 1:42 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता