निर्मला बलात्कार तथा हत्या प्रकरण : तत्कालीन एसपी विष्टलाई १० लाख धरौटीमा रिहा गर्न आदेश !
बलात्कारपछि हत्या गरिएकी उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा अनुसन्धानमा लापरबाही गरेकाे मुख्य आराेप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश भएकाे छ ।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएकाे थियाे ।
साे मुद्दामा उनकाे थुनछेक शुक्रबारै सकिए पनि समयाभावका कारण भन्दै अदालतले आज (आइतबार) धराैटीमा रिहा गर्न आदेश दिएकाे हाे ।
जिल्ला अदालत कञ्चनपुरले यातनाविरुद्धको मुद्दामा साढे ४ लाख र अनुसन्धानमा लापरबाही मुद्दामा ६ लाख धरौटी गरी कुल १० लाख धराैटी रकम आजै ४ बजेभित्र बुझाउनुपर्ने गरी आदेश गरिएकाे हाे ।
तत्कालीन एसपी विष्टविरुद्ध साे प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र घटनाकाे अनुसन्धानमा लापरबाही गर्दै प्रमाण नष्ट गरेको अभियोग लागेकाे थियाे ।
साे मुद्दामा अदालतले आज सुनुवाई गरेकाे हाे । साेही अभियाेग लागेपछि निलम्बित एसपी विष्टविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनले आफैँ अदालतमा अात्मसमर्पण गरेका थिए ।
जिल्ला अदालत कञ्चनपुरमा साेही प्रकरणमा ८ जना प्रहरी विरुद्ध मुद्दा दायर भएकाेमा ६ प्रहरीलाई यसअघि नै धरौटीमा रिहा गर्न आदेश दिइएको छ । फरार रहेका ‘सीआइबी’ का तत्कालीन डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।
March 24, 2019 3:54 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता