परीक्षा हलमा चिट ल्याएकाे निहुँमा एसईई परीक्षार्थीलाई सुरक्षाकर्मीले कुटे
खोटाङ – खोटाङमा एसईई परीक्षा दिइरहेका एक विद्यार्थीलाई प्रहरीले शुक्रबार कुटपिट गरेका छन् ।रावाबेशी गाउँपालिकाको देउराली उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका लकुमार श्रेष्ठलाई प्रहरी जवान रामबाबु यादवले कुटपिट गरेका हुन् । प्रहरीले परीक्षा केन्द्रभित्र चिट ल्याएको भन्दै कुटपिट गरेको पीडित श्रेष्ठले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका १२ जालपाका लकुमार श्रेष्ठ शारदा माध्यमिक विद्यालय हौँचुरका छात्र हुन् । लुकाएर लगेको गेसपेपर प्रहरीले देखेपछि मागेको र गेसपेपर दिएपछि किन ल्याइस् भन्दै घोप्टो पर्न लगाएर लट्ठीले हानेको पीडित विद्यार्थीले बताएका छन् ।
परिक्षा केन्द्र सुरक्षाको लागि खटिएका प्रहरी जवान यादवले भने गल्ती स्विकार्दै माफी मागेका छन् । परिक्षा केन्द्र अध्यक्ष किशोर केसी, सुरक्षाकर्मी, पीडित बिद्यार्थी, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लगायत बुद्धिजीवी सम्मिलित बैठकमा आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेका हुन् ।
परीक्षा केन्द्र सुरक्षाका लागि बसेको प्रहरीले विद्यार्थीमाथि हातपात गर्न नमिल्ने परीक्षा केन्द्रका अध्यक्ष किशोर केसीले बताउनुभयो । तर खोटाङका प्रहरी उपरीक्षक राजकुमार केसीले भने विद्यार्थी र प्रहरी शौचालय जाने क्रममा एक आपसमा ठोक्किएको र कुरा मिलिसकेको दाबी गर्नुभयो ।
पीडित विद्यार्थी अध्ययनरत शारदा मावि हौँचुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कार्कीले भने कुटपिटमा संलग्न प्रहरी जवान रामबाबु यादव र चौकीका असई लगायतले गल्ती स्वीकार गरेर माफी मागेपछि छाडेको बताउनुभयो ।उहाँले प्रहरीको यस्तो हर्कतले विद्यार्थीलाई मानसिक तनाव हुने र सोचे जस्तो नतिजा नआउने बताउनुभयो ।
March 30, 2019 8:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता