इंग्लिस प्रिमियर लिग : आज ७ खेल हुँदै, म्यानचेस्टर युनाइटेडकाे खेलमा सबैकाे नजर
इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ वटा खेल हुने भएका छन् ।नेपाली समय अुनसार साँझ सवा ६ बजे म्यानचेस्टर सिटी र फुलह्याम भिड्दै छन् । दोस्रो स्थानमा रहेको सिटी आजको खेलमा विजयी भए लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।
३१ खेलबाट लिभरपुलले ७६अंक जोडेको छ भने एक खेल कम खेलेको सिटीको ७४ अंक रहेको छ । फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ ।
यस्तै आजै राति पानै नौ बजे ५ वटा खेल हुने छन् । ब्राइटन र साउथह्याम्प्टन, बर्नले र उल्भर ह्याम्पटन, क्रिष्टल प्यालेस र हड्ल्स फिल्ड, लेस्टर र बर्नमाउथ तथा म्यानचेस्टर युनाइटेड र वार्टफोर्ड भिडने छन् ।राति सवा १० बजे वेस्टह्याम र एभर्टनको खेल हुने छ ।
आजको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भए आर्सनललाई पछि पार्दै चौथो स्थानमा उक्लने छ । म्यानचेस्टरले ओले गुनर सोल्सायरलाई स्थायी प्रशिक्षक नियुक्त गरेपछि पहिलो खेल खेल्दै छ ।
अन्तरिम प्रशिक्षक भएयता उत्कृष्ट प्रदर्शन गरेको म्यानचेस्टरले आजको खेलमा कस्तो प्रदर्शन गर्ला सबैले चासोको साथ हेरेका छन् ।
स्थायी प्रशिक्षक नियुक्त भएकै भोलिपल्ट सोल्सायरले खेलाडीहरुले कडा मेहनत गर्नु पर्ने अभिव्यक्ति दिएका कारण पनि आजको खेलको प्रतिक्षा धेरैले गरेका छन् ।
March 30, 2019 11:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)