भावुक भयो विश्व !आफ्नो साइकलले किचेको चल्ला बचाउन पैसा बोकेर अस्पताल पुगे यी बालक !
एजेन्सी- साना-साना बालबालिकाहरुको सोच्ने तरिका देखि लिएर बानि व्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरु साना-साना कुरामा दुखि हुन्छन् भने साना-सानामा खुसि। मस्तिष्क पूर्ण रुपले विकास भैनसकेको हुँदा बालबालिकाहरु वयस्क भन्दा फरक हुन्छन्।तर भारतका एक बालकले वयस्कले समत नगर्ने काम गरेर प्रसंशा पाइरहेका छन्। उनले गरेको जुन काम छ त्यसले जो-कोहिलाई पनि भावुक र चकित बनाइदिन सक्छ।
बालबालिकाहरु आफ्नो गल्तिमा पनि छिट्टै ग्लानी हन्छन् र सहयोगको भावना पनि राख्छन् भन्ने भारतका एक बालकले पुष्टि गरिदिएका छन्। भारत मिजोरम राज्यका एक बालक चल्ला बोकेर अस्पताल पुगेको विषय सामाजिक संजाल व्यापक भाइरल भैरहेको छ।
के भएको थियो ?
भारत मिजोरम राज्यका एक बालक आफ्नो साइकलमा खेल्दै थिए। दुर्घटनाबस उनको साइकलले छिमेकिको चल्ला किच्यो। त्यसपछि उनी यति आत्तिएकी चल्ला र आफूसँग भएको पैसा सहित अस्पताल पुगे। जहाँ उनले पैसा लिएर चल्लाको उपचार गराउन आग्रह गरे।अस्पताल पुगेका ती बालकको तस्विर जब फेसबुकमा पोस्ट गरियो तब हजारौले सेयर गरे। साथै बालकको कदमले भावुक भएको भन्दै हजारौं प्रतिक्रिया पनि जनाइयो।
April 4, 2019 12:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता