‘हेल्लो जिन्दगी’ मा दीपिका प्रसाई
सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ पछि विवाह बन्धनमा बाँधिएकी अभिनेत्री दीपिका प्रसाई चलचित्र क्षेत्रबाट बाहिरिने धेरैको अनुमान थियो अन्ततः त्यो अनुमान गलत साबित भएको छ ।चलचित्र ‘छक्का पञ्जा ३’ रिलिजको लामो समय पश्चात अभिनेत्री दीपिका प्रसाई नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । उनि अनुबन्धित भएको चलचित्र हो ‘हेल्लो जिन्दगी’ ।
चलचित्रको छायांकन यही चैत अन्तिम साताबाट सुरु हुने बुझिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहरा केही दिनमा चलचित्रको छायांकनको तयारीका लागि बेलायत जाने तयारीमा छन् । निर्देशक बोहरा गएको केही दिनमा कलाकारसहितको जम्बो टोली ‘हेल्लो जिन्दगी’ छायांकनको लागि बेलायत प्रस्थान गर्ने बुझिएको छ । अभिनेत्री दीपिका प्रसाईले चलचित्र ‘हेल्लो जिन्दगी’ साइन गरिसेकाको बताएकी छिन् ।
निर्देशक दिवाकर भट्टराई र दीपिका प्रसाईले हिन्दु परम्परा अनुसार वैशाखमा विवाह गर्ने बताएका थिए । यही कारण पनि चलचित्र गर्ने नगर्ने टुंगो थिएन त्यसकारण पनि आफू चलचित्रमा अनुबन्ध भएको कुरा सार्वजनिक नगरेको दीपिकाको भनाइ छ ।
दीपिका भन्दा पहिले चलचित्रमा अभिनेत्री श्वेता खड्का फाइनल भैसकेकी छन् । श्वेता, दीपिकाका अलावा चलचित्रमा सलोन बस्नेत, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।
विराञ्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक बोहोराको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रलाई सृजना जोशीले निर्माण गर्न लागेकी हुन् । चलचित्रलाई अहिलेका सर्वाधिक व्यस्त र महंगा छायांकार पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । चलचित्रका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराईको स्वर रहने बताइएको छ ।
April 6, 2019 12:13 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता