हाइटीबाट नेपाली सुरक्षा टोली फर्कंँदै
काठमाडौँ- क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ । द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवद्र्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली आगामी वैशाख १८ गतेपछि स्वदेश फर्कन लागेको हो ।
गत चैतमा उक्त मिशनको ‘नेपाल फम्ड पुलिस युनिट’ को नेतृत्व सम्हालेका नेपाली सुरक्षाकर्मीलाई बिदाइ गर्नुअघि मिनुष्टाका प्रवक्ता सोफी बौटौड डेला कोम्बेले उनीहरूका साथ आज साँझ नेपाली सञ्चारकर्मीसँग राजधानी पोर्ट आँे प्रिन्सबाट गरेको ‘भिडियो कन्फ्रेन्स’मा नेपाली सुरक्षाकर्मीका कारण हाइटीको राष्ट्रिय प्रहरी अब त्यहाँ शान्ति सुव्यवस्था कायम गर्न सक्षम भएको बताए ।
उनले आगामी कात्तिकमा बन्द हुने उक्त मिशनमा रहेर नेपाली सुरक्षा टोलीले हाइटीको राष्ट्रिय प्रहरीसँग संयुक्त कारवाही तथा सुरक्षा अभ्यास, संयुक्त गस्ती, रणनीतिक सुरक्षा, मानवीय उद्धार तथा विशिष्ट व्यक्तिको सुरक्षा, दैवी विपत्तिका बेला उद्धार, हिंसात्मक आन्दोलन एवं भीड नियन्त्रणका सीप सिकाएर उनीहरूको क्षमता अभिवृद्धि गरिएको बताए ।
ग्रामीण क्षेत्रका समुदायसँगको निरन्तर संवाद तथा विपत्तिका बेला मानवीय सहयोग, उद्धार र राहत सामग्री वितरणमा प्रस्तुत व्यावसायिकताबाट हाइटीका बासिन्दाले नेपालीलाई नबिर्सने प्रवक्ता डेला कोम्बेले बताए । उक्त एकाइका प्रमुख सुशीलकुमार यादव, कार्य आयुक्त नरेशराज सुवेदी र चिकित्साकर्मी विजया देउजाले सुरक्षा परिषद्को जनादेशअनुसार आफूृहरूले काम गरेको र हाइटीका नागरिकले नेपाली टोलीलाई व्यावसायिक एवं दक्ष सुरक्षाकर्मीको दर्जा दिएको बताए ।
April 13, 2019 10:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता