लमजुङमा जीप दुर्घटना : एक जनाको ज्यान गयो
लमजुङ – लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलिङगिरीमा जीप दुर्घटना भएको छ ।
दूधपोखरी गाउँपालिका–१, कल्लाबारीबाट बेसीशहरतर्फ आउँदै गरेको ग १ ज ६८९० नम्बरको जीप आइतबार मध्यान्ह १२ बजे लाङ्दीखोलामा दुर्घटना भएको थियो ।
२१ जना सवार रहेको जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । घाइते भएकी दूधपोखरी गाउँपालिका–१, कल्लाबारीकी २६ वर्षीया गोमाया गुरुङको स्थानीय गौँडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जीप दुर्घटनामा परि घाइते भएका १६ जनाको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार गराएका ४ जना घाइते भने घर फर्किएका छन् । कच्ची बाटो, क्षमताभन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
April 15, 2019 1:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता