यू–१९ विश्वकप छनोट : नेपालले दियो ओमनलाई २ सय ३० रनको लक्ष्य
आईसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ । मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा दुई सय २९ रन बनायो ।
सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको भने ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो । आजको खेलमा डेब्यू गरेका अभिशेख बस्नेत १५ रनमा आउट भए । त्यसपछि नेपालका स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दीप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुमायो ।
जारी प्रतियोगितामा जोरा निकै खराव फर्ममा रहेका छन । यसअघिका खेलमा पनि उनले राम्रो खेल्न सकेका थिएनन् । नेपालका मध्यक्रमका खेलाडी विच राम्रो साझेदारी हुन सकेनन् । डेब्यू खेलमा अर्धसतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए । जसका कारण नेपालले ८९ रनमा पाँच विकेट गुमायो ।
छैटौँ विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो । तर कप्तान रोहित ७५ रनमा आउट हुन पुगे । त्यसको लगत्तै भिम पनि ३९ रनमा बाहिरीए । जसका कारण नेपालले एक सय ७५ रनमा सात विकेट गुमायो ।
तर त्यसपछि कुशल मल्लपनि मात्र दुई रनमा आउट भएपछि आठौं विकेट गयो । लगत्तै कमलसिंह ऐरी एक रनमा आउट भएपछि नेपाल नबौ विकेट गुमायो । अन्तिममा प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो ।
April 16, 2019 11:21 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)