आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा मूल्यवृद्धि धेरै
काठमाण्डौ – हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि भएको पाइएको छ ।
‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार पहाडी क्षेत्रमा ४.६, काठमाण्डौ उपत्यकामा ४.६ र तराईमा ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.०, ५.६, ४.५ र ६.३ प्रतिशत रहेको थियो ।
यही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गएको फागुनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ र भारतको २.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालको मुद्रास्फीति छ र भारतको ४.३ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति २०७५ साल फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुका मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ ।
विप्रेषण आप्रवाह २३ प्रतिशतले बढ्यो
राष्ट्र बैंकको विवरणअनुसार चालू आवको आठ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा पाँच खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ ।
अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.४ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो ।
April 17, 2019 9:47 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता