भारतबाट चोरी गरी ल्याएको रकमसहित पक्राउ
डोटी– जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरी गरी ल्याएको रकमसहित केआईसिंह गाउँपालिका–२ का केशव भुललाई पक्राउ गरेको छ ।
पक्राउ परेका भुलबाट ४ लाख ३१ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका भुलले भारतको लुधियाना शहरबाट चोरी गरी रकम ल्याएको छ भन्ने सूचनामा आधारमा हामीले पक्राउ गरेका हौँ, बाँकी अनुसन्धान भैरहेको छ ।’
तर राष्ट्रिय जनमोर्चाका नेता तथा स्थानीय मीनबहादुर मलासीले पक्राउ परेका भुलबाट प्रहरीले ४ लाख ६० हजार बरामद गरेको दाबी गर्नुभयो । ‘प्रहरीको टोली आएर भुलको घरमा खान तलासी गरेर ४ लाख ६० हजार रुपेयाँ लगेको हो, अहिले ४ लाख ३१ हजार रुपैयाँ मात्रै बरामद भयो भनेको छ, बाँकी २९ हजार कसले लुकायो ?’ उहाँले भन्नुभयो ।
प्रहरीले बरामद गरेको भनिएको र स्थानीय प्रत्यक्षदर्शीले दाबी गरेको रकममा फरक परेपछि अहिले यो विषयमा खैलाबैला मच्चिएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, पक्राउ परेका भुलले भारतबाट १ करोड नगद र केही सुनका गरगहना चोरी गरेर फरार भएको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुरज केसीको आदेशमा प्रहरी टोली परिचालन गरिएको थियो ।
पक्राउ परेको रकमसहित भुललाई प्रदेश प्रहरी कार्यालयमा बुझाउन डीआईजी केशीले जिल्ला प्रहरी कार्यालय डोटीलाई आदेश दिएको प्रहरीले जानकारी दियो ।
April 18, 2019 3:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता