एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत
काठमाण्डौ – नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ ।
यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समावेश छन् ।
विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसईईको प्रवेश पत्र र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर जानु पर्नेछ ।
पहिलो सिमका अफरहरु :
एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र १७.७० रुपैयाँमा दैनिक डाटा प्याकहरु : दिनको प्याकमा ३०० एमबी, जुन बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राति ११ बजेदेखि बिहान ७ बजेसम्म कायम रहनेछ ।
सिम सुचारु गरेपछि यदी ग्राहकले ५० रुपैयाँ / वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबी डाटा र १०० एसएमएस सित्तैमा प्राप्त गर्नेछन् ।
यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नेछन् ।
यो पहिलो सिम अफर यही २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ । थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न सक्नु हुनेछ ।
April 19, 2019 9:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता