फ्राइडे रिलिज : ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा
आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ ।चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ । यस्तै उपत्यकाका विभिन्न हलमा पनि ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ ।
दर्शकहरुको अत्याधिक चाहना अनुसार नै चलचित्र पुनः रिलिज गर्न लागिएको निर्माता गिरीको भनाइ छ । शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नभएको मौकामा चलचित्र ‘छक्कापञ्जा २’ प्रदर्शन गर्ने निर्णय गरिएको हो ।शुक्रबारदेखि हलिउड चलचित्र ‘एभन्जर्स’ प्रदर्शन भैरहेको छ । यो चलचित्रसँग कुनै पनि नयाँ नेपाली चलचित्र प्रतिस्पर्धा गर्न तयार भएनन् । त्यसै मौकामा चलचित्र छक्का पञ्जा २ ले पुनः चलचित्र रिलिज गराएको छ ।
‘नेपालमा अंग्रेजी चलचित्र नहेर्ने दर्शक धेरै हुनुहुन्छ ।’ निर्माता गिरीले भने अंग्रेजी चलचित्र नहेर्ने दर्शकका लागि छक्का पञ्जा २ पुनः प्रदर्शन गरिएको हो । ‘छक्का पञ्जा २’को पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत रकम रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ । अन्य रकम पनि समाजसेवामा नै खर्चिने योजना बनाइएको छ । तर, कुन शीर्षकमा कसरी खर्च गरिन्छ भन्ने कुरा पछि बताइने निर्माता तथा कलाकार गिरीले बताए ।
‘धेरै दर्शकले चलचित्र हेर्नुभएको छैन । उहाँहरुलाई मध्यनजर गर्दै चलचित्र पुनः प्रदर्शन गर्न लागेका हौँ । यस अघि नै चलचित्र हेरिसक्नुभएको दर्शकले पनि केही नयाँपन पाउनु हुनेछ,’ निर्माता गिरीले भने । पुनःप्रदर्शन पश्चात विदेशमा पनि चलचित्र रिलिज गरिने तयारी भैरहेको छ ।
यो चलचित्र २०७४ साल असोज ११ गते रिलिज भएको थियो । यो चलचित्रलाई धेरै दर्शकहरुले युट्यूब रिलिजका लागि अनुरोध गरिरहेका छन् । तर निर्माण टिमले युट्यूब रिलिजभन्दा अघि पुनःप्रदर्शन गर्ने योजना बनाएको हो । चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्र्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, वर्षा राउत, बुद्दी तामाङलगायतका कलाकारको अभिनय गरेका छन् ।
April 26, 2019 11:59 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता