Friday 17th May 2024

जान्ह्वी कपूरकी बहिनी खुशी बलिउडमा डेब्यू गर्दै, अभिनेता छान्ने जिम्मा बुबा बोनी कपूरलाई

5 years अगाडी

बलिउडमा स्टार किड्सको डेब्यूलाई महत्वका साथ लिइन्छ । बलिउड अभिनेत्री जान्ह्वी कपूरपछि अब उनकी बहिनी खुशी कपूर बलिउडमा डेब्यूको तयारी गरिरहेकी छिन् । खुशीले एउटा कार्यक्रममा आफू बलिउडमा आउने तयारी गरिरहेको बताउँदै भनेकी छिन्, ‘म छिट्टै नै बलिउड डेब्यू गर्ने छु । मेरो पहिलो फिल्म करण जोहरका साथ गर्न चाहन्छु । तर मलाई थाहा छ मेरो पहिलो अभिनेताको छनौट भने मेरो बुबाले नै गर्नुहुन्छ । किनकी उहाँ मलाई लिएर धेरै प्रोटेक्टिभ हुनुहुन्छ ।’

खुशीले आफ्ना बुवासँगको सम्बन्धका बारेमा बताउँदै भनिन्, ‘म घरको सबैभन्दा कान्छी हुँ, त्यसैले पनि बुवा मलाई लिएर धेरै प्रोटेक्टिभ हुनुहुन्छ । मेरा लागि घरमा कर्फ्यूजस्तो माहोल हुन्छ । म कहाँ छु ? कसको साथमा छु ? र कतिबेरसम्मका लागि बाहिर रहनेछु ? यी सबै कुराको जानकारी मेरो बुवालाई हुनुपर्छ । एक पटक त म मेरो साथीसँग थिए, त्यही बेला बुबाले मेरो साथीलाई म्यासेज गरेर हामी दुबैको साथमै रहेको फोटो माग्नुभएको थियो ।’

खुशीले अगाडि भनिन्, ‘मेरो बुबा यस कुरामा चिन्तित हुनुहुन्छ कि म कस्तो व्यक्तिको साथमा छु । यदि म असल व्यक्तिहरुका साथमा रहे भने बुबालाई त्यसमा कुनै आपत्ति छैन । बुवा सधैँ यही कुरामा ध्यान दिनुहुन्छ । यही कारणले बुवा मेरो फिल्मको हिरो पनि आफै खोजिरहनु भएको छ ।’

          April 26, 2019 3:25 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...