अण्डा प्रतिगोटा एक पैसा, चिनी एक केजी एक रुपैयाँ !
7 years अगाडी
Susma Dhakal
अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ। अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ। अस्पतालले बैशाख १ मा रासन रामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको डेन्टर स्वीकृत गर्यो।
टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौताअनुसार अस्पतालले सुयोगको टेन्डर स्वीकृत गरेको समाचार कान्तिपुर दैनिकमा छ। सुयोगले अस्पताललाई बुझाएको रासन परिणामसहितको मूल्य सूचीअनुसार एउटा अण्डको एक पैसा, चिनी, चना, जिरा, अदुवा, बेसार, तोरीको तेल, नुन, गहुँको आटा प्रतिकिलो एक रुपैयाँ तोकेको छ।
April 27, 2019 2:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...