Friday 17th May 2024

सलमानको ‘भारत’पछि अर्को फिल्ममा पनि प्रियंका चोपडाको भूमिका कटरिनालाई

5 years अगाडी

मुम्बई। चर्चित भारतीय महिला धावक पिटी उषाको जीवनीमा क्याटरिना कैफले अभिनय गर्ने समाचार सार्वजनिक भएको छ। सिनेमाका लागि यसअघि प्रियंका चोपडालाई तय गरिएको थियो।

भारतीय संचारमाध्यमले प्रकाशित गरेको समाचारका अनुसार सिनेमालाई रेवती एस शर्माले निर्देशन गर्नेछन्। ती समाचारहरूमा प्रियंकालाई क्याटिनाले प्रतिस्थापन गर्ने उल्लेख छ।

‘मेरी कोम’ वायोपिक सिनेमामा काम गरेपछि प्रियंका हलिउड गएसँगै पिटी उषाको वायोपिकमा विलम्ब हुँदै आएको थियो। हाल आएर सिनेमामा क्याटरिनाको नाम अगाडी आएको छ। यदि यसो भएमा यो क्याटरिनाको पहिलो वायोपिक सिनेमा हुनेछ।

यस सिनेमासँग सम्बन्धित एक श्रोतका अनुसार सिनेमालाई विभिन्न भाषामा रिलिज गरिनेछ। सिनेमामा धावक पिटी उषासँग जोडिएका विभिन्न उपलब्धिलाई देखाइनेछ। आफ्नो जीवनकालमा पिटी उषाले १०१ भण्दा बढि अन्तराष्ट्रिय मेडल जितेकी थिइन्।हाल उनी भारतीय रेलवेमा काम गरिरहेकी छन्। यसका अलवा उनले युवा खेलाडीलाई प्रशिक्षितसमेत गर्छिन्।

          April 28, 2019 10:49 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...