च्याम्पियन्स लिग : लिभरपुल र बार्सिलोनाको प्रतिस्पर्धा, क्लप भन्छन् ‘भरपुर प्रयास गर्नेछाैँ’
लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले भनेका छन् कि च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा उनको टोली कमजोर छ । तर, उनीहरुलाई पहिलो लेगमा अग्रता हासिल गरी सहज अवस्थामा पुग्ने अवसर पनि हुनेछ ।
लिभरपुलले बुधबार राति पौने १ बजेदेखि बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा पहिलो लेगमा प्रतिस्पर्धा गर्दैछ । ‘हामी उत्कृष्ट छैनौँ, हामीले गल्ती गर्छौँ र पराजित हुन सक्छौंँ । हामीसँग अवसर पनि छ । यसको हामी भरपूर प्रयोग गर्ने प्रयास गर्नेछौं,’ प्रशिक्षक क्लपले भने ।
गत सिजन लिभरपुललाई फाइनलमा पुर्याएका प्रशिक्षक क्लपले भने, ‘हामी आफ्नो खेल खेल्नका लागि पूर्ण स्वतन्त्र छौँ। बार्सिलोना निकै नै सानदार टोली हो । हामी गएको सिजन उपाधि नजिक पुगेका थियौं । उनीहरु पछिल्लो २० वर्षदेखि सफल भइरहेका छन् । त्यसैले म यस खेलका लागि धेरै उत्साही छैन । मेरा खेलाडीहरुले पनि यही महशुस गरिरहेका छन् भन्ने लाग्छ ।’
लिभरपुल र बार्सिलोना दुवै टिम पाँचपटकका उपाधि विजेता हुन् । तर, बार्सिलोनाले ४ उपाधि पछिल्लो १३ वर्षमा जितेको छ भने लिभरपुलले आधुनिक लिग सुरु भएपछि दुईपल्ट मात्र जितेको छ ।
May 1, 2019 10:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)