मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि !
मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ । मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो ।
मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ । मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।
एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ । यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।
मृगौला रोगीको डाइट चार्ट
के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।
कस्तो चिया पिउने ? : अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।
खाना : सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।
किन हुन्छ मृगौला खराब ?
– अस्वस्थ्यकर जीवनशैली ।
– कम पानी पिउनु ।
– धुमपान एवं मदिरापान
– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।
– नुनको अधिक सेवन ।
– उच्च रक्तचापको उपचारमा लापरवाही ।
– धेरै मात्रामा पेन किलर लिन ।
May 1, 2019 3:43 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)