श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगाकारा मेर्लिबोन क्रिकेट क्लबको अध्यक्षमा नियुक्त
श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगाकारा मेर्लिबोन क्रिकेट क्लब (एमसीसी) को अध्यक्षमा नियुक्त भएका छन् । सांगाकारा बेलायत बाहिरको खेलाडी एमसीसीको अध्यक्ष बनेको पहिलो पटक हो । अक्टोबर एक तारिखबाट लागू हुने गरी एमसीसीका अहिलेका अध्यक्ष एन्थोनी वेरफोर्डले सांगाकारालाई नयाँ अध्यक्षमा मनोनयन गरेका हुन् । बुधबार एमसीसीको वार्षिक बैठकमा सांगाकारा एक वर्षका लागि नयाँ अध्यक्षमा नियुक्त भएको घोषणा गरिएको हो ।
एमसीसीको नयाँ अध्यक्षमा नियुक्त भएपछि सांगाकाराले विश्वको प्रतिष्ठित क्लवको अध्यक्षमा नियुक्त हुन पाउदा निकै गर्व महसुस भएको बताएका छन् । साथै उनले एमसीसी विश्वकै उत्कृष्ट क्रिकेट क्लब भएको र उसको क्रिकेट भित्र र बाहिर निकै राम्रो इज्जत रहेको बताए । २०२० क्रिकेटका लागि झन उत्कृष्ट वर्ष हुने बताउँदै, सो बेला एमसीसीको अध्यक्षका हैसियतले राम्रो योगदान गर्नेमा विश्वस्त रहेको बताए ।
सांगाकाराले २०११ मा एमसीसीको स्प्रिट अफ क्रिकेट लेक्चरमा आफ्ना सहभागिता जनाएका थिए । २०१२ मा सांगाकारालाई आजीवन एमसीसीको सदस्यता दिइएको थियो । यही वर्ष उनले एमसीसीको विश्व क्रिकेट कमिटीमा समावेश भएका थिए । त्यसपछि पनि उनी सक्रिय सदस्यका रुपमा काम गर्दै आएका थिए ।
May 2, 2019 10:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)