नेपाली युवकको नेपालमै भइरहेको विवाह दिल्ली महिला आयोगले रोकिदियो
काठमाडौं। दिल्ली महिला आयोगले एक नेपालीको विवाह रोकेको छ । उनको बैशाख १३ गतेको विवाह रोकिएको हो । भारतमा पहिलो विवाह गरेका ती नेपालीले नेपाल आएर फेरि विवाह गर्दै थिए । उता उनले पहिलो विवाह गरेकी भारतीय श्रीमतीले दिल्ली महिला आयोगमा उजुरी दिएपछि आयोगले उनको विवाह रोकेको हो ।
टाइम्स अफ इन्डियाका अनुसार नेपालका आकाशसँग मञ्जुले ६ वर्ष अघि विवाह गरेकी थिइन् । दुईवर्ष अघि उनले छोरी जन्माएपछि आकाशले छोडेको मञ्जुले महिला आयोगमा दर्ता गरेको उजुरीमा बताइन् । उजुरीमा बताए अनुसार आकाशको परिवारले उनलाई विवाह गरेलगत्तै दाइजोका लागि प्रताडित गर्ने गर्दथ्यो । उनको दाबी अनुसार उनी गर्भवती भएपछि आकाशको परिवारले उनलाई घरबाट बाहिर निकालेर माइती बस्न जान आदेश दिएका थिए ।
जब उनले छोरी जन्माइन् तब उनको परिवारले उनीसँगको सम्पर्क टुटाएको उनले बताइन् । उनी छोरीसँग नेपाल फर्किइन् तर आकाशको परिवारले पुनः दाइजोको कुरा निकालेर प्रताडित गरेको मञ्जुले दाबी गरिन् । उनले श्रीमानसँग कुरा सल्टाउन खोजिन् तर उनले पनि उनलाई घर निकाला गरेको मञ्जुले बताइन् । आकाशले आफूसँग सम्बन्धविच्छेद पनि नगरेको र छोरी र आफ्ना लागि खर्च गर्ने पैसा पनि नदिएको बताइन् । केही दिन अघि आकाशले दोस्रो विवाह गर्न लागेको खबर पाएपछि उनले दिल्ली महिला आयोग गुहारिन् ।
दिल्ली महिला आयोगकी सदस्य प्रोमिला गुप्ताले नेपालमा महिला अधिकारमाथि काम गरिरहेको एनजिओ केआई नेपाललाई सम्पर्क गरिन् । बिरगञ्ज पुलिसको सहयोगमा केआई नेपाल आकाशको घरमा पुग्यो र विवाह रोक्यो । दिल्ली महिला आयोगले मञ्जुलाई आकाशविरुद्ध घरेलु हिंसा र दाइजो प्रताडनाको मुद्दा हाल्न सहयोग गरिरहेको छ ।
May 2, 2019 12:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता