सुपर ओभरमा सनराइजर्सलाई हराउँदै मुम्बई इण्डियन्स आईपीएलकाे प्लेअफमा
मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाउन सफल भएको छ । बिहीबार राति भएकाे खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई प्लेअफमा पुग्न सफल भयो ।एक ओभर इलिमिनेटरमा मुम्बईका जस्प्रित बम्राहले दुई विकेट लिएपछि हैदराबादले पूरा ६ बल पनि खेल्न सकेन । उसले जम्मा ८ रन बनायो । जुन लक्ष्यलाई मुम्बईले तीन बलमै पूरा गर्यो ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डिककले अविजित ६९ रनको योगदान दिए । रोहित शर्माले २४ रन नाउँदा शार्दुल यादवले २३ र हार्दिक पाण्ड्याले १८ रन बनाए बलिङतर्फ हैदराबादका खालिल अहमदले तीन विकेट लिए ।

जितका लागि १६३ रनको लक्ष्य लिएको हैदराबाद पनि २० ओभरमा ६ विकेट गुमाउँदा १६२ रनमा नै सीमित बन्यो । मनिष पाण्डेले अविजित ७१ रन बनाए भने मोहम्मद नाबीले ३१ रन जोडे । यस्तै ऋद्धिमान शाहाले पनि २५ रनको योगदान दिए । बलिङतर्फ बुम्राह, क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले २–२ विकेट बाँडे ।
May 3, 2019 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)