वैशाख २३ गते नेपाल बन्द (बिज्ञप्ती सहित)
नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आव्हान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज सगुनले बिहिबार एक विज्ञप्ति जारी गरि पार्टीले गरेको नेपाल बन्दको दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आग्रह गरेका हुन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् ।’
‘जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ । साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता