आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई नियन्त्रणमा लिएका १३ जना ट्राफिक प्रहरी पुरस्कृत
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले परिणाममुखी प्रहरी सेवा प्रदान गरेका प्रहरी अधिकारीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको छ । जिम्मेवारीसँगै त्रुटिरहित ढंगबाट पारदर्शी रुपमा सम्पादन गरेका १३ जना प्रहरी अधिकारीलाई महाशाखाले पुरस्कृत गरेको हो ।
प्रहरीहरुले भीभीआईपी÷भीआईपीको सवारीलगायत उपत्यकाको ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनिकरण तथा नियन्त्रण गर्ने कार्यमा परिणाममुखी प्रहरी सेवा प्रदान गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै १३ जनालाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ ।
पुरस्कृत हुनेहरुमा महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटा, महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक दयाकृष्ण भट्ट, प्रहरी निरीक्षक रुद्र बहादुर शाही र महाशाखा रामशाहपथका प्रहरी सहायक निरीक्षक अतित पौडेल रहेका छन् ।
यस्तै महाशाखाका प्रहरी सहायक निरीक्षक ओम प्रकाश मण्डल, प्रहरी जवान देव बहादुर बोहरा, प्रहरी जवान रण बहादु माल र प्रहरी जवान राजन पौडेल, प्रहरी जवान सुमन श्रेष्ठ, प्रहरी जवान सुभाष लोध, प्रहरी जवान सचिन्द्र प्रसाद यादव, प्रहरी जवान टिकाराम साउँद र प्रहरी कार्यालय सहयोगी प्रकाश खड्का नगदसहित पुरस्कृत भएका हुन् ।
उनीहरुलाई सुम्पिएको जिम्मेवारी त्रुटिरहित एवम् पारदर्शीरुपमा सम्पादन गरी विभिन्न माध्यमबाट ट्राफिक जनचेतना अभिवृद्धि गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरुलाई कानुनमा दायरामा ल्याएको कारण सम्मानस्वरुप पुरस्कृत गरिएको बताइएको छ ।
यसका साथै, पुरस्कृत प्रहरीहरुले सवारी नियम अनुसार कारबाही गर्दा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि कार्यालयमा बुझाउने जस्ता उल्लेखनीय कार्यहरुले सम्पूर्ण प्रहरी संगठनको छवि उच्च भएकाले पुरस्कृत गर्दा अन्य प्रहरीमा पनि सकारात्मक प्रभाव पार्ने महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
May 3, 2019 12:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता