र्याफ्टिङ वर्ल्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ
कास्की – यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्वीन्सल्याण्डको टुली नदीमा हुने ‘र्याफ्टिङ वर्ल्डकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङघको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडीलाई पर्यटन व्यवसायी सोम थापा, दीपकराज अधिकारी र नरेशबहादुर भट्टराईको पहलमा पोखरामा बिदाइ गरियाे । राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका खेलाडी सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियाँ वर्ल्डकपमा सहभागी हुँदैछन् । नेपाली टोलीकोे प्र्रशिक्षकमा निमबहादुर मगर हुनुहुन्छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, पर्यटनका सङ्घ संस्था तथा व्यवसायीले खेलाडीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेर शुभकामना व्यक्त गरेका थिए । नेपाल ¥याफ्टिङ एशोसिएनशका अध्यक्ष एवं टोली प्रशिक्षक मगरले यस टोलीले दुई महीनायता कालीगण्डकी, माथिल्लो सेती, त्रिशूली र मस्र्याङ्दी नदीमा अभ्यास गरेकाले विगतको भन्दा यसपटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
सन् २०१७ मा जापानमा भएको प्रतियोगितामा नेपाली टोलीले १३औँ स्थान हासिल गरेको बताउँदै उहाँले यसपटक पदक ल्याउन नसके पनि पनि अन्तिम १० भित्रपर्ने गरी खेलाडीले मेहनत गरिरहेको बताउनुभयो । चिलीमा हुने आगामी संस्करणमा सहभागिता जनाउँदा लाग्ने सम्पूर्ण खर्च अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङ्घले बेर्होने भएकाले पनि अन्तिम १० मा पर्ने गरी प्रदर्शन गरिने प्रशिक्षक मगरको भनाइ थियो । सो प्रतियोगितामा नेपालसहित २९ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
नदीमा खेलिने साहसिक खेल र्याफ्टिङको माध्यमबाट नेपालको झन्डा लिएर विश्वका खेलाडी माझ प्रतिस्पर्धामा उत्रिन लागे पनि सरकारी निकायले चासो नदेखाउँदा दुःख लागेको उहाँको गुनासो थियोे । विश्वकपमा सहभागी हुन रु ३४ लाख खर्च लाग्ने भए पनि खेलाडी आफ्नै खर्च र सहयोगमा अष्ट्रेलिया जान लागेको भनाइ नेपाली टोलीका कप्तान सुरज गुरुङको थियो ।
हालसम्म त्रिशूली नदी आसपास तथा खेलाडीको आफ्नो घर भएका चितवनको इच्छाकामना गाउँपालिकाबाट रु छ लाख, धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट ५ लाख, गोर्खाको गण्डकी गाउँपालिकाबाट २ लाख, शहीद लखनबाट १ लाख तथा मनकामना दर्शन प्रालिबाट ५० हजार रुपैयाँसहित हालसम्म १४ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको र बाँकी खर्च खेलाडीले व्यक्तिगत रूपमा बेर्होनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । नेपाली टोली यही वैशाख २४ गते अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ ।
May 4, 2019 3:30 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)