Tuesday 2nd June 2026

बालुवाटार जग्गा काण्ड : दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

7 years अगाडी

रुपन्देही । जिल्लास्तरीय नेपाली काङ्ग्रेसका नेताहरूले बालुवाटार जग्गा काण्डका दोषीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाटमा नेताहरूले भ्रष्टाचार र जग्गा काण्डका दोषी सबैलाई कानूनअनुसार कारवाही गर्न माग गरेका हुन् ।

बालुवाटार जग्गा काण्डमा आफ्नै पार्टी सभापतिको नाम पनि मुछिएको प्रसङ्ग पत्रकारले उठाएपछि जवाफमा ती नेताले जुनसुकै पार्टीको भए पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।उनीहरूले जनतालाई ढाँट्ने छल्ने कुनै पनि पार्टीका नेतालाई छोड्न नहुने र हाम्रै पार्टीका नेता तथा कार्यकर्ता परे पनि कारवाही गर्नुपर्नेमा जोड दिए ।

काङ्ग्रेस नेता युवराज गिरीले संविधान र नेपालको प्रचलित कानूनबमोजिम सत्यतथ्य जनतासामु ल्याएर दोषीलाई कारवाही गर्न सरकारसँग माग गरे । मुलुकमा भ्रष्टाचार र बेथिति बढेको टिप्प्णी गर्दै उनले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीको क्षेत्र नं २ बाट उम्मेदवार बनेका गिरीसहित प्रदेशसभाका उम्मेदवार महेशमान सिंह र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिकाको प्र्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, सैनामैना नगरपालिकाका प्रमुखका उम्मेदवार फणिन्द्र शर्मा र तिलोत्तमा नगरपालिकाको प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले देश र जनताप्रति जवाफदेही हुन सबैलाइ अनुरोध गरे ।

          May 5, 2019 12:13 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...