डा.केसी र रेखाले एकै मञ्चबाट पोखे ओलीमाथी आक्रोश, दिए कडा चेतावनी (भिडियो सहित)
नागरिक अभियान्ताहरुले आज फेरी सडकमा आएर केपी शर्मा ओली सरकारको बिरोध गरेका छन् । युवाहरुलाई साथमा लिएर उनिहरुले ओली सरकारको बिरोध गरेका हुन् । स्वतन्त्र नेपाली नागरिकको साथ आफुहरुलाई रहेको बताउँदै उनिहरुले अबको संघर्षलाई निरन्तरता दिने उद्घोष समेत गरेका छन् ।
मुलुकमा अनियमितता, हत्या हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटना भईरहँदा समेत सरकार रमिते बनेको उनिहरुले बताएका छन् । आज काठमाडौंको माइतीघर मंण्डलाबाट सुरु भएको शान्तिपुर्ण बिरोध र्याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीको अगुवाई नागरिक अभियान्ताहरुले गरेका थिए । र्यालीमा नायिका रेखा थापा, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नागरिक अभियान्ता डा. सुरेन्द्र भण्डारी, अनिल योगी लगायत युवाहरुको बाक्लो सहभागिता रहेको थियो । कञ्चनपुरकी १३ वर्षी बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको लामो समय बितेको भन्दै उनिहरुले चिन्ता समेत व्यक्त गरेका छन् । घटना घटेपछि निर्मलालाई न्याय दिलाउन उनका आमा बाबुसहित जनस्तरबाट चर्को दबाव पनि सिर्जना भएको थियो ।
May 5, 2019 12:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता