टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि लिभरपुलसँग खेल्ने(फोटो फिचर सहित)
नाटकीय खेलमा आयाक्सलार्ई हराउँदै टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । क्वलको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले उपाधिका लागि प्रिमियर लिग क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।
यसपटकको च्याम्पियन्स लिगको उपाधि उचाल्न दुईवटा इंग्लिस क्लबले सेमिफाइनलमा अविश्वस्नीय प्रदर्शन गरे । लिभरपुलले बार्सिलोनालाई तीन गोलले पछि परेको अवस्थामा कमब्याक गरेको दोस्रो दिन नै अर्को इंग्लिस क्लब टोनह्यामले पनि आयाक्स विरुद्ध दुई गोलले पछि परेको अवस्थामा कमब्याक गर्न सफल भयो ।

पहिलो लेगमा घरेलु मैदानमा एक शून्यले पछि परेको टोटनह्याम दोस्रो लेगमा आयाक्सको मैदानमा पाँचौ मिनेटमा नै गोल खान पुग्यो । आयाक्सका १९ वर्षे कप्तान माटिज डी लीटले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि ३५ औं मिनेटमा टोटनह्यामले अर्को गोल खान पुग्यो । घरेलु टिम आयाक्सका लागि जेइचले गोल गर्दै समग्रमा तीन शून्यले टिमलाई अगाडि राखे । दोस्रो लेगमा पनि पहिलो हाफमा नै दुई गोलले पछि परेको टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । उसका लागि लुकास मोउराले ह्याट्रिक गर्न सफल भए ।

उनले खेलको ५५ औं, ५९ औं र इन्जुरी समयको अन्तिममा गोल गर्दै टोटनह्यामले अवे गोलमा च्याम्पियन्स लिगको फाइनलमा पुर्याए । टोटनह्याम सन् १९८४ पछि युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो । यो बेला एन्डरलेच्टलाई हराउँदै उपाधि जितेको थियो जितपछि टोटनह्यामको प्रशिक्षक माउरिसियो मैदानमा नै निकै भावुक भएका थिए । जितको खुशी मनाउने क्रममा उनको आँखाबाट आँसु झरेको थियो ।




प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)