नेपाली समाज मकाउको दोश्रो अधिवेशन सम्पन्न ( फोटो फिचर सहित )
अध्यक्षमा दोर्जे तामाङ निर्बिरोध निर्वाचित। कर्ण अधिकारी।नेपाली समाज मकाउको दोश्रो अधिवेशन ८ तारीक बुधबारका दिन इण्डियन गार्डेन रेष्टुरेन्टमा भब्यताको साथ सम्पन्न भएको छ।बिदेशी भूमि मकाउमा कार्यरत रहेका नेपालीहरूको हक हित र स्वदेशमा पीडामा परेका दुखीहरूको हितका लागि स्थापना भएको समाजले आफ्नो स्थापनाको पहिलो कार्यकालमा दोर्जे तामाङकै अध्यक्षतामा कार्य समिति चयन गरीएको थियो भने दोश्रो कार्यकालमा पनि अध्यक्षमा पुन: दोर्जे तामाङलाई नै निर्बिरोध चयन गरेको छ।
नयाँ कार्य समितिमा अध्यक्ष दोर्जे तामाङ,उपाध्यक्ष युवराज न्यौपाने,महासचिव दिपक कमल क्षेत्री,सचिव शेर बहादुर कोईराला,कोषाध्यक्ष निरञ्जन खड्का रहेको छ भने प्रबक्ता दामु पराजुली,युवा संयोजक बिर बहादुर क्षेत्री, महिला संयोजकमा सम्झना आचार्य(भुषाल) र सर्मीला बस्याल रहेको छ।सदस्यहरूमा अच्युत बडाल,रमेश भुषाल र हेमसागर लामिछाने र मिङ्मार लामा रहेका छन्।त्यसै गरी कानुनी सल्लाहकारमा सेलिया चोङ्ग रहेको छ।उक्त संस्थाको संरक्षकमा राजकपुर थपलिया रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि दिपक कमल क्षेत्री,बिशेष अतिथिमा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी,अतिथिहरूमा आर्य क्षेत्री समाजका अध्यक्ष निरञ्जन खड्का,राजन क्षेत्री,राजकपुर थपलिया रहेका थिए।कार्यक्रममा प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरूले नयाँ कार्य समितिका पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना दिएका थिए।कार्यक्रममा बिशेष अतिथि र अतिथी द्वय अम्बिर जोशी र राजन खत्रीले मकाउमा कार्यरत रहि बिभिन्न सामाजिक एवं राजनैतिक संघ संस्थामा आबद्ध भई नेपालीका हक हितका लागि कार्य गरेका कारण मायाको चिनोका साथमा समाजका अध्यक्ष दोर्जे तामाङको हातबाट सम्मान गरीएको थियो।
कार्यक्रममा समाजका अध्यक्ष दोर्जे तामाङले आफुलाई समाजले पुन एक पटक अध्यक्षमा निर्बिरोध चयन गरेकोमा खुशी ब्यक्त गर्दै आफ्नो दोश्रो कार्यकाल पनि राम्रोसंग संचालन गरी सामाजिक कार्यमा गहन जिम्मेवारी बहन गर्ने कुरा ब्यक्त गर्नु भएको छ।नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको अधिवेशनको सभापतिको आसन ग्रहण दोर्जे तामाङले गरेका थिए भने कार्यक्रम संचालन युवराज न्यौपानेले गरेका थिए।
May 9, 2019 2:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता